अस्ट्रेलिया टुरमा निस्किँदै प्रमोद खरेल र परम्परा ब्यान्ड
सारांश
- गायक प्रमोद खरेल आफ्नो ब्यान्ड 'परम्परा' लिएर अस्ट्रेलिया टुरमा जाँदैछन्।
- टुर आगामी २२ अगस्ट देखि १४ सेप्टेम्बर सम्म अस्ट्रेलियाका विभिन्न शहरहरूमा हुनेछ।
- 'परम्परा' ब्यान्डले अर्को वर्ष अमेरिका टुर गर्ने तयारी गर्दैछ।
काठमाडौँ । गायक प्रमोद खरेल आफ्नो ब्यान्ड परम्परा लिएर अस्ट्रेलिया टुरमा निस्किने भएका छन् । उनी अस्ट्रेलियाका विभिन्न सहरमा आगामी २२ अगस्ट देखि १४ सेप्टेम्बर सम्म हुने साङ्गीतिक कार्यक्रमका लागि निस्किन लागेका हुन् ।
प्रमोदका अनुसार अस्ट्रेलियाका पाँच वटा सहर सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा साङ्गीतिक कार्यक्रम हुनेछ । मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुति रहने कार्यक्रममा आफ्नो ब्यान्डका अन्य ६ सदस्यसहित अस्ट्रेलिया पुग्नेछन् । उनीसँगै ब्यान्डमा लिड गिटारिस्ट देवासिस तामाङ, बेस गिटारिस्ट कुशल थापासँगै फ्ल्युटमा सञ्जीव मैनाली, ड्रममा भूपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल रहने छन् ।
‘अर्को साताको अस्ट्रेलिया टुरका लागी अहिले तयारी गरिरहेका छौँ । अस्ट्रेलियाका विभिन्न सहरका दर्शकहरूलाई मनोरञ्जनका लागि तयारी रहन आग्रह गर्छौँ’, प्रमोदले भने । ‘ब्यान्ड सहितको यो पहिलो साङ्गीतिक टुर भएकाले पनि हामी उत्साहित छौँ ।’ ‘परम्परा’ले यो मङ्गलवार नयाँ गीत ‘के मा बस्यो दिल’ सार्वजनिक गर्दैछ ।
परम्परा ब्यान्डले आगामी वर्षको जुन र जुलाइमा अमेरिकाको टुरमा निस्किने तयारी गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण