शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
शुक्रबार, २३ साउन २०८२, १७ : ०८
सारांश
- महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
- महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि आवागमनमा रोक लगाइएको हो।
- प्रहरी नायब उपरीक्षक सागर बोहराले उक्त जानकारी दिएका हुन्।
दोधारा चाँदनी । महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण