चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी सम्पन्न
काठमाडौँ । नेपाली वीरताको कथामा आधारित चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।
रिमेश अधिकारीद्वारा निर्देशन तथा निर्माण गरिएको चलचित्र प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको हलमा भएको विशेष प्रदर्शनीमा सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।
चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै सभामुख घिमिरेले चलचित्र ‘नालापानी’ले इतिहासलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताए । साथै उनले समयमा राष्ट्र, राष्ट्रियता र मातृभूमिका लागि गरिएको योगदानलाई गहिरो रूपमा महसुस गर्न सकिने अनुभव व्यक्त गरे ।
“चलचित्रले राष्ट्र प्रेमले भरिएको कथा बोलेको छ, जसले कुनै पनि नेपालीको हृदय छुनेछ । सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु”, सभामुख घिमिरे भने ।त्यस्तै राष्ट्रियसभाका अध्यक्ष दाहालले इतिहास र पहिचानसँग जोडिएका यस्ता विषयवस्तुलाई समेटेर राष्ट्र प्रेमले भरिएको चलचित्र बनेको बताए ।
उनले यस्ता चलचित्रको विकासमा सरकार, सर्जक र सम्पूर्ण पक्षको ध्यान जानु आवश्यक रहेको बताए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’ राष्ट्र प्रेमलाई झकझक्याउन सघाउने बनेको बताए ।
कालाकार श्रेष्ठले भने,“नालापानी युद्धको समग्र पक्ष समेटिएको चलचित्र बनेको रहेछ । यो विशेषतः विद्यार्थीहरूलाई इतिहास बुझाउन अत्यन्तै उपयोगी हुनेछ ।” त्यस्तै अभिनेता जितु नेपालले ‘नालापानी’ नेपाली इतिहासको गौरवलाई देखाउने उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने चलचित्र भएको बताए ।
“गोरखाली भनेर शिर उँचो पार्ने त्यो बेलाको बहादुरीलाई चलचित्रले जीवन्त बनाएको छ”, नेपालले भने ।निर्देशक अधिकारीका अनुसार चलचित्र केवल ऐतिहासिक घटनाको पुनर्निर्माण मात्र नभई राष्ट्र प्रेम, सहादत र एकताको सन्देश बोकेको सशक्त श्रव्य दृश्य अभिव्यक्ति हो ।
चलचित्रमा महिला, बालबालिका र समाजको सामूहिक प्रतिरोधसमेत कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विशेष प्रदर्शनीमा सहभागी दर्शकहरूले चलचित्रको विषयवस्तु, निर्देशन, छायाङ्कन र कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण