शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ‘फोन रेकर्ड’ गर्ने कानुन ल्याउने प्रयत्न, राप्रपा विवादमा पूर्वराजाको चासो !

शनिबार, २४ साउन २०८२, ०० : ००
शनिबार, २४ साउन २०८२

सारांश

  • सरकारले नागरिकको फोन रेकर्ड गर्ने कानुन बनाउन खोज्दा सरोकारवालाले आपत्ति जनाएका छन्।
  • पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाको विवादबारे चासो राखेका छन् भने माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछाने निर्दोष रहेको र उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी गरेको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचारसहित हामी उपस्थित भएका छौँ–

१. नागरिकको ‘फोन रेकर्ड’ गर्ने कानुन ल्याउने सरकारको प्रयत्न

सरकारले नागरिकको फोन रेकर्ड गर्नेगरी कानुन बनाउन प्रयास गरेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।

यसअघि पनि केपी ओली नेतृत्वकै सरकारका पालामा त्यससम्बन्धी व्यवस्थासहित कानुनको मस्यौदा संसदमा पुग्दा चर्को विरोध भएको थियो । तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाली कांग्रेससहित सरोकारवालाहरूले विरोध गरेपछि सरकार ‘ब्याक’ भएको थियो ।

 

२.पूर्वराजाको चासो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विवादबारे पूर्वराजा ज्ञानेन्द्र शाहले चासो राखेको पाइएको छ । पार्टीभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशमशेर राणा नेतृत्वको इतर समूहबिच विवाद बढ्दै गइरहेको बेला पूर्वराजाले चासो देखाएको पाइएको हो । 

३. कर्जा असुली न्यायाधीकरण

सहकारी संस्थाको कर्जा (ऋण) असुलीका लागि न्यायाधीकरण सञ्चालनको तयारी पूरा भएको छ । सहकारी कर्जा असुली न्यायाधीकरणले आवश्यक कार्यविधि तथा कर्जा असुलीका लागि सहकारी संस्थाले दिने निवेदनको ढाँचा पनि तयार गरेको छ । यी कागजपत्र तयार भएसँगै ऋणसँग सम्बन्धित मुद्दा लिन आफूहरु तयारी अवस्थामा पुगेको प्राधिकरणका श्रेस्तेदार कृष्ण सापकोटाले जानकारी दिए ।

४. रुपन्देही–३ उपनिर्वाचन

रुपन्देही क्षेत्र नम्बर ३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित ९ जनाको सूची सार्वजनिक गरेको छ ।

५. ट्रान्सफर्मर घोटाला मुद्दा 

नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर घोटालासम्बन्धी मुद्दा आठ वर्षदेखि सर्वोच्च अदालतमा घुमिरहेको छ । पेसी तोकिने, सुनुवाइ स्थगित हुने र हेर्न नभ्याइने सूचीमा पर्दै यो मुद्दाले सर्वोच्चमा चक्कर लगाइरहेको छ ।

६. नाइमा एक्स्पो

तपाईं नयाँ गाडी खरिद गर्ने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बुधबारदेखि चलेको ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ तपाईंका लागि सही गन्तव्य हुन सक्छ । 

 

७. माधवलाई झलनाथको जवाफ 

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति तीव्र कटाक्ष गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले नेपालको पछिल्ला अभिव्यक्तिलाई लक्षित गर्दै उनलाई नेकपा एमालेमा फर्कन सुझाव दिएका हुन् ।

८. माओवादी निर्णय

नेकपा माओवादी केन्द्रले सङ्गठन निर्माण र विस्तारका सम्बन्धमा ११ बुँदे निर्णय गरेको छ । उक्त निर्णयसहितको सर्कुलर प्राप्त भइसकेको माओवादी केन्द्रका एक प्रदेश अध्यक्षले शुक्रबार रातोपाटीलाई बताए । 

९. अर्थ समिति

नेपालको बैंकिङ प्रणाली र विकास पूर्वाधारमा लगानीका लागि स्थापना भएका संस्था अक्षम भएको निष्कर्ष निकाल्दै सरकारले वैकल्पिक वित्त परिचालनका लागि नयाँ नीति ल्याएको छ ।

 

१०. रास्वपा केन्द्रीय समिति बैठक

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने निर्दोष रहेको र उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी गरेको छ । केन्द्रीय समिति बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले लामिछानेमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध बाहेक केही नभएको भन्दै कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका हुन् ।

 

साम्बाला होटलबाट पक्राउ गरेर भद्रकालीमा ल्याउँदा गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) समूहका ४७ जना सँगै थिए । कसलाई मुद्दा लगाउने र कसलाई नलगाउने भन्ने निक्र्यौल गर्न प्रहरी अधिकृतहरू उनीहरूलाई ‘स्क्रिनिङ’ गर्दै थिए ।

१२. माओवादी नेकपा एकता

नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थायी कमिटी बैठकबाट विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार माओवादीले छिट्टै वार्ता समिति बनाएर एकता प्रक्रियालाई टुङ्गो लगाउने योजना बनाएको छ । 

  • थप समाचारहरु: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप