आज हुँदै एनपीएल खेलाडी अक्सन
सारांश
- शनिबार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन हुँदैछ।
- अक्सनमा १६४ खेलाडी सहभागी हुनेछन् र आठ फ्रेन्चाइज टोलीले खेलाडी छान्नेछन्।
- 'ए' श्रेणीका खेलाडीको न्यूनतम १० लाख र अधिकतम १५ लाख रुपैयाँ मूल्य तोकिएको छ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन शनिबार (आज) हुँदैछ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार गत असार २८ देखि साउन ६ गतेसम्म खुला गरिएको खेलाडी दर्तामा ४५८ खेलाडीले नाम दर्ता गराएका मध्ये अन्तिम सूचीअनुसार १५० खेलाडी अक्सनमा सहभागी हुनेछन्। सहभागी आठ फ्रेन्चाइज टोलीले रोजेका र क्यानको प्राविधिक टोलीले तोकेको मापदण्डमा परेका १५० खेलाडी अक्सनमा सहभागी हुने क्यानले जनाएको छ ।
शनिबार ललितपुरको ग्वार्काेस्थित रोयल ट्युलिपमा हुने अक्सनमा १५० जना खेलाडीको नाम समावेश हुनेछ। त्यसमध्येबाट ८ वटा फ्रेन्चाइज टोलीले आफ्नो बजेट र आवश्यकता अनुसारका खेलाडी लिन सक्नेछन्।
अक्सनमा ‘ए’ श्रेणीमा ८, ‘बी’ श्रेणीमा ३५ र ‘सी’ श्रेणीमा १०७ खेलाडी रहेका छन्। ‘ए’ श्रेणीमा मोहम्मद आदिल आलम, सुनाम गौतम, सूर्य तामाङ, शरद भेषवाकर, पवन सर्राफ, देव खनाल, दिलीप नाथ र अर्जुन साउद रहेका छन्।
‘ए’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको छ। यस्तै, ‘बी’ श्रेणीमा न्यूनतम ५ लाख र अधिकतम १० लाख, ‘सी’ श्रेणीमा न्यूनतम २ लाख र अधिकतम ५ लाख रुपैयाँको मूल्य दायरा निर्धारण गरिएको छ। सबैभन्दा बढी रकम बोली लगाउने टोलीले खेलाडी अनुबन्ध गर्न पाउँछ। तर अधिकतम तिर्न एकभन्दा बढी टोली तयार भएमा गोला प्रथाबाट टुङ्गो लगाइनेछ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण