बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बसको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु

शनिबार, २४ साउन २०८२, ०९ : ४१
शनिबार, २४ साउन २०८२

सारांश

  • सप्तरीको चाँदनी चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
  • ६८ वर्षीय बुदुर चौधरीलाई बसले पछाडिबाट ठक्कर दिएको थियो, जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।
  • घटनापछि स्थानीय र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्, जसका कारण सयौँ सवारीसाधन रोकिएका छन्।

राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । स्थानीय सीतापुरका  ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै गरेका साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

चौधरी आफ्नो धानखेततर्फ जाँदै थिए । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।  

घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँनदी चोकमा सडक अवरुद्ध गरेका छन् । अवरोधका कारण सयौँ सवारीसाधन सडकमा थन्किएका छन् र हजारौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप