बाह्य पर्यटकलाई धेरैदिन भ्रमणको वातावरण बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री आचार्यले लुम्बिनीमा पर्यटक भित्र्याउनुपर्ने बताए, जसले पर्यटनको दिगो विकास गर्छ।
- उनले धार्मिक तथा पर्यटकीय स्थलहरूमा पूर्वाधार विकासको आवश्यकता औंल्याए।
- लुम्बिनी प्रदेशमा पर्यटन सर्किटको योजना बनाइएको छ, जसले समग्र प्रदेशलाई जोड्नेछ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य पर्यटक भित्र्याई उनीहरूलाई प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा धेरै दिनसम्म भ्रमण गराउने वातावरण सिर्जना गर्न अपरिहार्य रहेको बताएका छन् ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने प्रशस्त धार्मिक र पर्यटकीय गन्तव्यहरू भए पनि ती क्षेत्रहरूमा आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकता अझै कायम रहेको बताएका हुन् ।
रुपन्देही सैनामैनामा आयोजित एक महिने श्री शिव महापुराण शृङ्गारिक महोत्सव, नन्दी प्राणप्रतिष्ठा तथा बोलबम महा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बाह्य पर्यटकलाई लुम्बिनी प्रदेशमा भित्र्याउँदा पर्यटन क्षेत्रको दिगो विकास हुने बताए ।
धार्मिक स्थलहरूको विकासमा सङ्घ, प्रदेश र स्थानीय तहको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले धार्मिक पर्यटनको सम्भावना भएका क्षेत्रहरूको समुचित विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।
समृद्ध लुम्बिनीको आकांक्षा पर्यटन क्षेत्रको विकासबाट सम्भव रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशलाई जोड्न लुम्बिनी पर्यटन सर्किटको योजना बनाएको समेत बताए । तराई, पहाड र हिमाल रहेको लुम्बिनी प्रदेशमा यही विविधतायुक्त भूगोलले समेत पर्यटकलाई आकर्षित गर्न सक्ने आधार रहेको समेत उल्लेख गरेमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीबाट अभौतिक मुद्रा कारोबारमा संलग्न ९ जना पक्राउ
-
बागमती सरकारबाट एमाले बाहिरिँदै, अब के होला ?
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
-
टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज
-
धादिङमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण