बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री

शनिबार, २४ साउन २०८२, १५ : ०२
शनिबार, २४ साउन २०८२

सारांश

  • नासाको क्रु-१० मिसनका चार अन्तरिक्ष यात्री पाँच महिनाको आईएसएस बसाइपछि पृथ्वी फर्किएका छन्।
  • अन्तरिक्ष यान शुक्रबार आईएसएसबाट अलग भई शनिबार क्यालिफोर्नियामा अवतरण गर्ने तालिका रहेको छ।
  • यस मिसनमा नासा, जाक्सा र रुसका अन्तरिक्ष यात्रीहरू सहभागी थिए, जुन स्पेसएक्ससँगको सहकार्यमा सञ्चालित थियो।

लस एन्जलस । पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि नासाको क्रु–१० अन्तरिक्ष मिसनमा सहभागी चार जना अन्तरिक्ष यात्री शुक्रबारदेखि पृथ्वी फर्कने यात्रामा निस्किएका छन् ।

उनीहरू सवार अन्तरिक्ष यान शुक्रबार साँझ ६ः १५ बजे (पूर्वी समय अनुसार) आईएसएसको हार्मोनी मोड्युलबाट सफलतापूर्वक अलग भएको हो । सो यान शनिबार बिहान ११ः ३३ बजे अमेरिकाको क्यालिफोर्नियाको समुद्री तट नजिक अवतरण हुने तालिका रहेको नासाले जनाएको छ ।

यस मिसनमा नासाका दुई महिला अन्तरिक्ष यात्री एनी म्याकक्लेन र निकोल एयर्स, जापान अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा) का टाकुया ओनिशी र रुसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ सहभागी छन् ।

स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिसन नासाको व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान कार्यक्रमको दशौँ औपचारिक उडान हो, जसअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा पठाइने गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप