सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

नदीले बगाएर एक जना बेपत्ता

शनिबार, २४ साउन २०८२, २० : ०८
शनिबार, २४ साउन २०८२

सारांश

  • तनहुँको मादी नदीले बगाएर एक जना बेपत्ता भएका छन्।
  • बेपत्ता हुनेमा व्यास नगरपालिकाका हरि परियार रहेका छन्, जो नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यरत थिए।
  • प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्।

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई पानीले बगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप