सांस्कृतिक संस्थानको ‘गाईजात्रा महोत्सव २०८२’ सुरु
सारांश
- काठमाडौँमा 'गाईजात्रा महोत्सव २०८२' सुरु भएको छ, जसको उद्घाटन पर्यटनमन्त्रीले गरे।
- मन्त्रीले संस्कृतिको संरक्षण र नयाँ जागरणका लागि महोत्सव महत्त्वपूर्ण रहेको बताए।
- महोत्सव साउन ३१ गतेसम्म चल्नेछ, जसमा विभिन्न कलाकारको प्रस्तुति रहनेछ।
काठमाडौँ । काठमाडौँमा आजदेखि ‘गाईजात्रा महोत्सव २०८२’ सुरु भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा सुरु भएको साताव्यापी गाईजात्रा महोत्सव २०८२ को संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले शनिबार उद्घाटन गरे ।
सरकारीस्तरबाट राष्ट्रिय नाचघर जमलमा शनिबारदेखि सुरु भएको दोस्रो गाईजात्रा महोत्सव उद्घाटनपछि मन्त्री पाण्डेले संस्कृति संरक्षणको चुनौतीका बीच आयोजना भएको गाईजात्रा महोत्सव आफैँमा महत्त्वपूर्ण रहेको बताए ।
मन्त्री पाण्डेले महोत्सवले संस्कृतिको संरक्षण गर्दै नयाँ जागरणका लागि आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरे । अझै नयाँ ढङ्गले यस्ता कार्यक्रमलाई अघि बढाउन आग्रह गर्दै उनले महोत्सवलाई संस्कृतिको संवर्द्धनका साथै उत्पादनमैत्री पनि बनाउनुपर्नेमा जोड दिए ।
गाईजात्रा महोत्सवमा सामाजिक र राजनीतिक पक्षका विषयमा हुने कलाकारका व्यङ्ग्यले मानिसलाई रुपान्तरित हुनका लागि प्रेरणा दिने पनि मन्त्री पाण्डेको भनाइ थियो । उनले यसरी प्रस्तुति दिँदा अभिव्यक्ति स्वतन्त्रतालाई अतिरञ्जित गर्न नहुनेमा सचेत गराए ।
संस्थानका महाप्रबन्धक किरणबाबु पुनले डिजिटल युग तथा वैश्वीकरणको प्रभावले समाजमा विकृति, विसङ्गति बढ्नाका साथै नेपाली संस्कृति नै सङ्कटमा पर्ने खतरा बढेको परिवेशमा संस्थानले नेपालका सम्पूर्ण सांस्कृतिक चाडपर्व विशेष कार्यक्रम प्रस्तुत गर्दै आइरहेको बताए ।
उनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यताअनुरूप उत्सवका रूपमा मनाउन ‘गाईजात्रा महोत्सव २०८२’ सुरु गरिएको र यही साउन ३१ गतेसम्म जारी रहने जानकारी दिए । “बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको राष्ट्र हो नेपाल । पहिचान रक्षार्थ संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोड दिने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो”, पुनले भने ।
संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको थियो । सोहीअनुरूप यो दोस्रो कार्यक्रम हो ।
यसपालिको महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका साथै लोकप्रिय कलाकारहरू लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मूला साग), शिवशङ्कर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोखे्रल, हिमेश पन्त, भरतमणि पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले ९हाउडे दाइ०, सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहनेछ ।
संस्थानको कार्यालय र संस्थानको वेबसाइटमार्फत डिजिटल रूपमा टिकट उपलब्ध हुने र टिकट मूल्य एक हजार तथा ५०० रहेको संस्थानले जनाएको छ ।
गाईजात्रा पर्वलाई मौलिक संस्कृतिअनुरूप मनाउन र सभ्य सांस्कृतिक सन्देश सम्प्रेषणका लागि संस्थानले संस्कृतियुक्त रचनात्मक, सौन्दर्यात्मक एवम् कलात्मक कन्टेन्टलाई विशेष जोड दिने संस्थानका अध्यक्ष चन्द्रकुमार राई ‘हतुवाली’ले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण