मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप
सारांश
- नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।
- मुख्यमन्त्री बानियाँले साउन २७ गते प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।
- मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन यसअघि नेपाली कांग्रेसले पनि ह्विप जारी गरेको थियो।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले साउन २७ गतेको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन्।
त्यस्तै सूचनामा प्रदेश सभा बैठक बस्नु अघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक बस्ने भएकाले दलको कार्यालयमा उपस्थित हुन सांसदहरूलाई सूचित गरिएको छ ।
यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको थियो । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले एक सूचना सम्प्रेषण गर्दै मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका थिए ।
कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। ११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण