चक्रे मिलन समूहका ९ जना ‘पटके’ कसुरदार, मुद्दा अदालतमा लगिँदै
सारांश
- प्रहरीले चक्रे मिलन समूहका १९ जनालाई सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।
- जिल्ला प्रशासनले उनीहरूलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
- प्रहरीले उनीहरूलाई पटके कसुरदार कायम गरेर अदालतमा मुद्दा लैजाने तयारी गरेको छ।
काठमाडौँ । चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनालाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । चक्रे सहितका ४७ जना साउन १५ मा साम्बाला होटेलबाट पक्राउ परेका थिए ।
तीमध्ये १९ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको थियो ।
प्रहरीले उनीहरूलाई पटके कसुरदार कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर अनुसन्धान गरे पनि पटके कसुरदार कायम गरेपछि अदालतमा मुद्दा लैजानुपर्ने कानुनी व्यवस्था छ ।
चक्रे समूहका ९ जना एउटै कसुरमा पटक पटक संलग्न भएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘९ जना एउटै कसुरमा धेरै पटक संलग्न रहेको भेटिएको छ, मुद्दा अदालतमा पेस गर्छौँ ।’
अहिले काठमाडौँ प्रहरीको हिरासतमा चक्रे, गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।
सवै जना आरोपीहरूको बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले रातोपाटीलाई बताए ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा अभियोजन गर्ने तयारी गरेको छ । पटके कसुरदार कायम गरेर मुद्दा दायर गर्दा थप सजायको मागदावी लिन सकिने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण