चक्रे मिलनसँग भक्तपुर प्रहरीले लियो बयान
सारांश
- भक्तपुर प्रहरीले गुण्डा नाइके चक्रे मिलनको बयान लिएको छ, जसमा उनीमाथि खुकुरी प्रहारको आरोप लागेको छ।
- २०८१ भदौ १० मा मनिष रायमाझीमाथि भएको खुकुरी प्रहारमा चक्रेको संलग्नता रहेको र अजित खवासलाई परिचालन गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
- चक्रे मिलन २०५० सालदेखि गुण्डागर्दीमा संलग्न रहेको र यसअघि पनि पक्राउ परेको कुरा खुलेको छ।
काठमाडौँ । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सँग भक्तपुर प्रहरीले पनि बयान लिएको छ ।
प्रहरी वृत्त थिमी र जिल्ला सरकारी वकिल कार्यालयले चक्रेसँग बयान लिएको हो । दिव्यश्वरि टाउन प्लानिङस्थित बड्डाको तावामा भएको घटनामा शुक्रबार चक्रेसँग बयान लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले रातोपाटीलाई बताए ।
२०८१ भदौ १० मा उनको योजनामा मनिष रायमाझीमाथि भक्तपुरमा खुकुरी प्रहार भएको आरोप छ । वतन नखुलेको अवस्थामा जाहेरी दर्ता भएको भेटिएपछि प्रहरीले अहिले अनुसन्धान अघि बढाएको हो । पीडित रायमाझी त्यसबेला कागज गर्दा ‘चक्रेको योजनामा आक्रमण’ भएको बताएको अनुसन्धामा संलग्न अधिकृतहरू बताउँछन् ।
शुक्रबार चक्रेलाई काठमाडौँबाट भक्तपुर लगेर ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा बयान लिइएको हो । चक्रेको योजनामा रायमाझीमाथि खुकुरी प्रहार गर्ने अजित खवासलाई परिचालन गरिएको प्रहरीको अनुसन्धानकाे निष्कर्ष छ । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए ।
चक्रेसहित उनको समुहका ४७ जना साउन १५ मा महाराजगञ्जस्थित साम्बाला होटलबाट पक्राउ परेका थिए । उनीहरूमध्ये १९ जनालाई काठमाडौँ प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ ।
गोखार छोप्राक घर भएका चक्रे २०५० सालदेखि गुण्डागर्दीमा छन् । पछिल्लो समय उनी २०७४ वैशाख २६ मा पनि महाराजगञ्जबाट पक्राउ परेर छुटेका थिए ।
यो पनि पढौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण