महानगरको कामलाई परिणाममुखी बनाउन पोखराका मेयर आचार्यद्वारा निर्देशन
सारांश
- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए।
- मेयर आचार्यले स्रोत र साधनको कुशल परिचालन गर्दै दक्षता प्रदर्शन गर्न आग्रह गरे।
- उनले विकास आयोजना समयमै सक्न, गुणस्तर कायम गर्न र गुनासोरहित सेवा दिन निर्देशन दिए।
पोखरा । पोखरा महानगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउन मेयर धनराज आचार्यले मातहतका महाशाखा प्रमुख तथा वडा सचिवहरूलाई निर्देशन दिएका छन् ।
आइतबार भएको छलफलका क्रममा उनले उपलब्ध स्रोत र साधनको कुशल परिचालन मार्फत आफ्नो व्यावसायिक दक्षतालाई प्रदर्शन गर्न सुझाए ।
‘स्रोत साधनको समुचित परिचालन गर्दै आफ्नो दक्षता समेत व्यवहारिक रूपमा प्रदर्शन गर्नुहोस्,’ उनले भने, ‘मातहतका कार्यलयहरुको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउन जरुरी छ ।’ आफ्ना कार्यालयहरू मार्फत सञ्चालित विकास आयोजनाहरूलाई तोकिएको समयमा सम्पन्न गर्ने, गुणस्तर परीक्षण गर्ने र प्रशासनिक सेवालाई चुस्त बनाउन उनको निर्देशन छ ।
यस्तै, गुनासो रहित पारदर्शी सेवामा जोड दिन र प्राप्त उपलब्धिहरूको अभिलेखलाई व्यवस्थित गर्न पनि उनले आग्रह गरे । आचार्यले आलोचनाहरूलाई चिर्दै गुनासोरहित सेवा प्रदान गर्नुको विकल्प नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण