देशका मुख्य सात राजमार्ग अवरुद्ध
काठमाडौँ । नेपाल प्रहरीले देशका मुख्य सात राजमार्ग अवरुद्ध भएको जनाएको छ । नेपाल प्रहरीले आइतबार साढे ३ बजे दिएको जानकारी अनुसार सात स्थानका मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र सात स्थान एकतर्फी सञ्चालन रहेको जनाएको हो । प्रहरीले बाढी पहिरोका कारण ती राजमार्गहरू अवरुद्ध भएको जनाएको छ ।
प्रहरीले सामावजक सञ्जाल फेसबुकमार्फत गराएको जानकारी अनुसार पूर्ण रूपमा अवरुद्ध रहेका राजमार्गहरूमा कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभामा अविरल वर्षापछि गएको पहिरोका कारण भोटेखोलामा अवरुद्ध भएको छ ।
त्यसैगरी पासाङ लहामु सडक खण्डको रसुवाको गोसाईंकुण्ड गाउँपालिका २,३ र उत्तरगया गल्छि त्रिशुली सडक अवरुद्ध भएको हो ।
त्यस्तै अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी कोदारी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशमा कालीगण्डकी करीडोर तथा रुकुम पश्चिममा जाजरकोट डोल्पा भेली करिडोर सडक अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण