गाजामा अल जजिराका पत्रकार अनस अल–शरीफको मृत्यु
सोमबार, २६ साउन २०८२, ०२ : ५८
सारांश
- गाजा सिटीमा इजरायली आक्रमणमा अल जजिराका पत्रकार अनस अल-शरीफको मृत्यु भएको छ।
- अल-शिफा अस्पतालको गेट बाहिर पत्रकार बसेको टेन्टमा आक्रमण हुँदा उनी मारिएका थिए।
- अल जजिराले इजरायली सेनाले पत्रकारलाई लक्षित गरेको आरोप लगाउँदै विरोध जनाएको छ।
काठमाडौँ । गाजा सिटीमा इजरायली आक्रमणमा अल जजिराका पत्रकार २८ वर्षीय अनस अल–शरीफको मृत्यु भएको छ।
अल–शिफा अस्पतालको मुख्य गेट बाहिर पत्रकारहरू बस्ने टेन्टमा भएको आक्रमणमा उनी मारिएका अस्पतालका निर्देशकलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।
अल जजिरा मिडिया नेटवर्कले हालै इजरायली सेनाले आफ्ना पत्रकारहरूलाई लक्ष्य बनाउने र भ्रामक आरोप लगाउने अभियान चलाएको भन्दै विरोध गरेको थियो। गत जुलाईमा इजरायली सेनाका प्रवक्ताले अल(शरीफलाई हमासको सैन्य शाखाको सदस्य भएको आरोप लगाएको थियो, जसलाई उनले असत्य भन्दै खारेज गरेका थिए।
अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि इजरायली आक्रमणमा गाजामा २०० भन्दा बढी पत्रकार र मिडिया कर्मीको मृत्यु भइसकेको छ, जसमा अल जजिराका केही पत्रकार र उनका आफन्त पनि परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण