दक्षिण कोरियामा सेनाको सङ्ख्या २० प्रतिशतले घट्यो
सारांश
- दक्षिण कोरियामा सेनाको संख्या घटेर ४ लाख ५० हजारमा झरेको छ, जुन ६ वर्षमा २० प्रतिशतले कमी हो।
- घट्दो जन्मदरका कारण सेनाको आकार घट्नुको मुख्य कारण हो, जहाँ जन्मदर प्रतिमहिला शून्य दशमलव ७५ रहेको छ।
- उत्तर कोरियासँगको तनावका बाबजुद, दक्षिण कोरियाले रक्षा बजेट बढाउँदै लगेको छ, जुन २०२५ मा ४३ अर्ब डलर पुग्ने अनुमान छ।
सोल । दक्षिण कोरियाको सेनाको आकार घटेको छ । उक्त देशमा सेनाको सङ्ख्या घटेर ४ लाख ५० हजारमा खुम्चिएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।
गएको ६ वर्षमा सेनाको सङ्ख्या २० प्रतिशत हाराहारीले घटेको छ। सेनाको आकार घट्नुको मुख्य कारण त्यहाँको जन्मदरमा आएको कमी बताइएको छ ।
दक्षिण कोरियाको जन्मदर प्रतिमहिला शून्य दशमलव ७५ छ । यो विश्वमै सबैभन्दा कम हो । देश उत्तर कोरियासँग प्राविधिक रुपमा युद्धको अवस्थामा भएकोले दक्षिण कोरियाले हरेक नागरिकका लागि सैन्य सेवा अनिवार्य गरेको छ ।
उत्तर कोरियाबाट हुने आक्रमण रोक्न कम्तीमा पनि ५ लाख सेना आवश्यक पर्ने जुलाईमा दक्षिण कोरियाका अनुसन्धाताहरूले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको थियो । उत्तर कोरियासँग १३ लाख सक्रिय सेना छन् ।
सन् २००६ यता दक्षिण कोरियाको सेनाको गणको सङ्ख्या ५९ बाट घटेर ४२ मा आएको रक्षा मन्त्रालयको आइतबारको प्रतिवेदनले देखाएको थियो ।
सेनाको सङ्ख्या कम भएपछि गण कि खारेज भएका छन् कि अर्कोमा गाभिएका छन् । कोरियाली प्रायद्वीपमा तनाव बढेपछि दक्षिण कोरियाले रक्षा बजेट बढाउँदै लगेको छ ।
सन् २०२५ मा उसको रक्षा बजेट ६०० खर्ब वन (४३ अर्ब डलर)छ । यो उत्तर कोरियाको जीडीपीको भन्दा धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण