वैकल्पिक वित्त कोष स्थापना गर्न ढिला नगरौँ : सांसद कार्की
सारांश
- पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गर्नुपर्ने बताए।
- उनले निजी क्षेत्रको सहभागितामा पूर्वाधार निर्माणको कानुन छिटो बनाउन जोड दिए।
- कार्कीले वैकल्पिक वित्त कोषले स्रोत अभाव हटाउन र निजी क्षेत्रको सहभागिता बढाउन मद्दत गर्ने बताए।
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तीव्र पारिनुपर्ने बताएका छन् ।
अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै कार्की मुलुकको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रको समेत सहभागिता हुने गरी ल्याइएको कानुन छिटो बनाइनुपर्नेमा जोड दिएका हुन् ।
पूर्वअर्थमन्त्री कार्कीले भने, ‘नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन ल्याइएको हो । चाँडोभन्दा चाँडो समितिबाट पास हुनुपर्छ । अहिले जुन तरिकाले समितिमा छलफल भएको छ, यो ढिलाइ भइरहेको छ । वैकल्पिक विकासको योजनाहरू अघि बढाउनुपर्छ ।’
सांसद कार्कीकाअनुसार अहिले देखिएको स्रोत अभावको समस्यालाई हटाउन र विकासमा निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोष महत्त्वपूर्ण हुनेछ । विधेयकमा धेरै कुरा स्पष्ट रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण