राइनोसहित तीन फर्मलाई ६ लाख रुपैयाँभन्दा बढी जरिवाना
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल लेदर क्राफ्ट (राइनो) सहित तीन फर्मलाई ६ लाख भन्दा बढी जरिवाना जरिवाना गरेको छ ।
सोमबार अनुगमनमा गएको विभागको टोलीले एमआरपी नराखेको र दर्ता प्रमाणपत्र नराख्ने तीन फर्मलाई उक्त जरिवाना गरेको हो ।
विभागका निरीक्षण अधिकृत अमित कुमार झाका अनुसार काठमाडौँ महानगर –१ स्थित नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्शन प्रालिले एमआरपी उल्लेख नगरी लेदरका सामग्री बिक्री गरेको पाइएपछि ३/३ लाख रुपैयाँका दरले जरिवाना तिराएको छ । साथै व्यवसायसँग सम्बन्धित कागजात लिई ३ दिनभित्र विभागमा उपस्थित हुने निर्देशन दिइएको छ ।
यस्तै ललितपुर महानगरपालिका –५ स्थित मेटर्निटी पसल प्रालिले व्यवसायसँग खरिद बिलबिजक नराखेको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
सोमबार विभागले १२ वटा फर्मको अनुगमन गरेको थियो । जरिबाना गरिएको बाहेक ६ वटा व्यावसायिक फर्मलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३ दिनभित्र उपस्थित हुन र अन्य ३ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण