प्राविधिक शिक्षा परिषद् सदस्य बर्खास्तीप्रति कर्मचारी सङ्गठनको आपत्ति
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभीटी) का सदस्य विश्वनाथ ओझालाई बिनाकारण बर्खास्त गरिएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आपत्ति जनाएको छ।
सङ्गठनले साेमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र परिषद्का सदस्य सचिव महेश भट्टराईको मिलेमत्तोमा ऐन विपरीत सदस्य पदबाट हटाइएको आरोप लगाएको हो।
सङ्गठनले यसलाई परिषद्को स्वायत्ततामाथि ठाडो हस्तक्षेप र अस्थिरताको नजिरको रूपमा व्याख्या गरेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५ को दफा ३.५ मा परिषद्का अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार तोकिएको भए पनि त्यसमा कुनै उपदफा नहुँदा मन्त्रीको निर्णय ऐन छेडछाडको उदाहरण भएको सङ्गठनको दाबी छ।
सङ्गठनले मन्त्री पन्तको ‘प्रतिशोधपूर्ण र गैरजिम्मेवार’ व्यवहारले परिषद्को गरिमा र स्थायित्व दुवैमा आघात पुगेको आरोप लगाएको छ। साथै, सदस्य सचिव भट्टराईको भूमिका पनि विवादास्पद रहेको उल्लेख गर्दै उनीहरूविरुद्ध घोर निन्दा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण