शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

मङ्गलबार, २७ साउन २०८२, ०६ : ३०
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसन्सबीच सम्झौता भएको छ, जसले ग्राहकहरूलाई इन्टरनेट सेवामा छुट दिनेछ।
  • सम्झौताअनुसार, बैंकका ग्राहकले सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत र संस्थागत रूपमा छुट पाउनेछन्।
  • छुट सुविधा प्राप्त गर्न ग्राहकले सिजी कम्युनिकेसन्सको आधिकारिक माध्यममा सम्पर्क गर्नुपर्नेछ।

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबिच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् । 

ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा रु.२५०० छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकहरूले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् ।  साथै, हाल सेवा लिइरहेका  ग्राहकले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।  

उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले सेवा लिनुपूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ । सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप