शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रामेछापमा नुहाउने क्रममा डुबेर पुरुष बेपत्ता

मङ्गलबार, २७ साउन २०८२, १३ : १९
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • रामेछापको मन्थलीमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन्।
  • ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मंगलबार तामाकोशी नदीमा डुबेका थिए।
  • प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको छ।

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोशी नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । मुगिटार घर भएका ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मंगलबार बिहान नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

आफ्नो घर नजिक ढिकुरे मन्दिर छेउको नदी किनारमा उनी नुहाउन गएका थिए । उनको खोजीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट इन्स्पेक्टर विक्रम अधिकारीको नेतृत्वमा गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप