मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मापदण्ड बाहिरका ७३ किलो बढी खाद्य पदार्थ आयात, नाकामै जफत

मङ्गलबार, २७ साउन २०८२, १८ : १२
मङ्गलबार, २७ साउन २०८२

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वीरगञ्ज भन्सार नाकाबाट भित्र्याउन लागिएको ठुलो परिमाणको आहारपूरक खाद्य पदार्थ (फुड सप्लिमेन्ट) रोक्का गरेको छ । विभागमा दर्ता गरिएको विवरणभन्दा फरक गुणस्तरका उत्पादन आयात गर्न खोजिएको  विभागले रोकेको छ । 

वीरगञ्जको ‘योर देल्हि वान ट्रेडर्स’ले भारतबाट पैठारीका लागि ल्याएका ७३.८ किलोग्राम फुड सप्लिमेन्ट जफत गरिएको विभागले जनाएको छ ।  जफत गरिएका उत्पादनहरूमा १४.४ केजी न्युट्रास्युटिकल्स जीएनसी मरिन कोलाजेन–१००, ४३.२ केजी न्युट्रास्युटिकल्स जीएनसी मरिन कोलाजेन–२०० ग्राम, र १६.२ केजी न्युट्रास्युटिकल्स जीएनसी फिस ओयल रहेका छन् ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार, विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, वीरगन्जले निरीक्षण गर्दा उक्त उत्पादनहरूमा उल्लेखित विवरण, विभागमा उत्पादन दर्ता गर्दा पेस गरिएको ’एक्टिभ इन्ग्रेडिएन्ट्स’को विवरणभन्दा फरक पाइएको थियो। कैफियत भेटिएपछि ती उत्पादन आयात गर्न नमिल्ने भन्दै वीरगन्ज भन्सार कार्यालयलाई गत साउन २० गते नै जानकारी गराइएको थियो।

विभागले सम्बन्धित व्यवसायीलाई दर्ता गरिएका बाहेक अन्य आहारपूरक खाद्य पदार्थ आयात तथा बिक्री वितरण नगर्न र नगराउन समेत सचेत गराएको छ ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप