शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति पौडेल

मङ्गलबार, २७ साउन २०८२, २० : ०२
मङ्गलबार, २७ साउन २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरूपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताएका छन् । 

नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने कुरालाई बिर्सन नमिल्ने बताए । उनले भने,‘विधिको पूर्ण पालना गरी न्यायपूर्ण रीतिथिति बसाल्न कानुन व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।’

राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताउँदै  जहाँसुकैका जोकोही भएपनि कानुन व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे । 

नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनामा कानुन व्यवसायीले पुर्‍याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा अझै प्रभावकारी भूमिका रहने उनले विश्वास व्यक्त गरे ।  

राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रूप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आवश्यक पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप