उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी बनाइएको छ: कानुनमन्त्री चौरसिया
सारांश
- कानुनमन्त्री चौरसियाले उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी बनाइएको दाबी गरे।
- न्यायाधीश नियुक्तिमा राजनीतिक भागवण्डा भएको आलोचना भइरहेको बेला मन्त्रीले यस्तो बताए।
- नेपाल बार एसोसिएसनका अध्यक्ष मिश्रले न्यायपालिकाको विसङ्गति विरुद्ध बोल्दा अदालतको अवहेलना लगाउन नहुने बताए।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले हालै भएको उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी बनाइएको दाबी गरेका छन् ।
नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ का अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । न्यायाधीश नियुक्तिमा राजनीतिक भागवण्डा भएको र समावेशी नहुन नसकेको आलोचना भइरहेका बेला मन्त्री चौरसियाले उच्च अदालतको न्यायाधीश नियुक्तिमा दलित, मधेसीलाई समावेश गरेको बताएका हुन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष तथा परिषद्का उपाध्यक्ष प्रा डा विजय मिश्रले न्यायपालिकाको विसङ्गति विरुद्ध बोल्दा कानुन व्यवसायीलाई अदालतको अवहेलना लगाउन नहुने बताए । विगतमा बारका पर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायाधीश नियुक्तिको विषयमा बोल्दा अदालतको अवहेलना मुद्दाको प्रसङ्गमा मिश्रले सो कुरा बताएका हुन् ।
परिषद्का पार्षद् वरिष्ठ अधिवक्ता रविनारायण खनालले २०१३ सालमा १० जनाबाट सुरु भएको परिषद्मा हाल २० हजारभन्दा बढी कानुन व्यवसायी रहेको र कानुन व्यवसायी कल्याणकारी कोषमा रु दुई करोड पुर्याइएको जानकारी दिए । कानुन व्यवसायी सक्षम, तालिम प्राप्त र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन लयर्स एकेडमीमार्फत तालिम दिने काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण