असीम मुनीरपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले दिए भारतलाई धम्की
बुधबार, २८ साउन २०८२, ०९ : ५१
सारांश
- पाकिस्तानी सेना प्रमुखको परमाणु धम्कीपछि प्रधानमन्त्री शाहबाज शरीफले भारतलाई धम्की दिए।
- उनले भारतलाई पानी रोक्ने धम्की दिए आफूले सबक सिकाउने बताए।
- भारतले जम्मू कश्मीरको आक्रमणपछि सिन्धु जल सन्धि निलम्बन गरेको थियो।
इस्लामवाद । पाकिस्तानी सेना प्रमुख असीम मुनीरको ‘परमाणु’ धम्कीपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पनि भारतलाई धम्की दिएका छन् ।
मंगलबार इस्लामाबादमा एक समारोहमा उनले भने, ‘म शत्रुलाई यो भन्न चाहन्छु कि हाम्रो पानी रोक्ने धम्की दियौ भने तिमीले यो कुरा आफ्नो मनमा राख्नु कि पाकिस्तानको एक थोपा पनि तिमी खोस्न सक्दैनौँ ।’
फेरि पनि यस्तो हर्कत गर्यो भने आफूले सबक सिकाउने पनि उनले बताए । अप्रिल २३ मा जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले सिन्धु जल सन्धि निलम्बन गरेको थियो । यो सन्धि अन्तर्गत पाकिस्तानलाई पानी सिन्धु नदीका पानी पाइरहेको छ ।
पहलगाममा भएको आक्रमणपछि र त्यसअघि पनि प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका रगत र पानी एकसाथ बग्न सक्दैन भनेर भनेका थिए । शरीफको धम्कीमा भारतबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण