दक्षिण कोरियाली पूर्व राष्ट्रपति यून सुक येओलकी श्रीमती पक्राउ
सारांश
- दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओलकी श्रीमती किम केओन हिलाई शेयर बजारमा चलखेल र घुसखोरीको आरोपमा पक्राउ गरिएको छ।
- किमले आफूमाथिको आरोप अस्वीकार गरेकी छिन्, तर अदालतले प्रमाण नष्ट गर्न सक्ने जोखिमलाई उद्धृत गर्दै पक्राउ पुर्जी जारी गरेको छ।
- किमले बीएमडब्ल्यूएको शेयर मूल्यमा चलखेल गरेर ८० करोड येन कमाएको र युनिफिकेशन चर्चबाट घुस लिएको आरोप छ।
सोल । अहिले जेल सजाय काटिरहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओलकी श्रीमती पनि पक्राउ परेकी छिन् । शेयर बजारमा चलखेल गरेको अनि घुसखोरीको आरोपमा प्रथम महिला किम केओन हिलाई पक्राउ गरिएको हो । मंगलबार अदालतमा भनेको चार घण्टा लामो सुनवाइमा किमले भने आफूमाथिको सबै आरोप अस्वीकार गरेकी छिन् ।
अदालतले भने प्रमाण नष्ट गर्न सक्ने जोखिमलाई उद्धृत गर्दै पूर्व प्रथम महिलाको नाममा पक्राउ पुर्जी जारी गरेको छ । दक्षिण कोरियामा पूर्व राष्ट्रपतिमाथि अभियोग लाग्ने र जेल पर्ने गरेको लामो इतिहास छ ।
तर पूर्व राष्ट्रपति र प्रथम महिलालाई दुबैलाई जेल हालिएको चाँहि यो पहिलो पटक हो । गएको वर्षको अन्त्यतिर सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरिया संवैधानिक सङ्कटमा फसेको थियो । यही घटना नै यून बर्खास्त हुनुको कारण बन्यो । त्यसपछि युन जनवरीमा समातिए ।
किमले दक्षिण कोरियामा बीएमडब्ल्यूएको एउटा डिलर दोयच मोटर्सको शेयर मूल्यमा चलखेल गरेर ८० करोड येन कमाएको अभियोजनकर्ताहरूको भनाइ छ ।
यो घटना युन दक्षिण कोरियाको राष्ट्रपति चयन हुनु भन्दा अघिको घटना हो । यही घटनाले उनको राष्ट्रपति काललाई छायामा पारेको थियो । किमले विवादास्पद युनिफिकेशन चर्चबाट दुई वटा च्यानल ब्याग र हिराको हार पनि घुस लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण