कर्णालीमा विपन्न बिरामीलाई २० हजारसम्म यातायात खर्च
सारांश
- कर्णाली प्रदेश सरकारले बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने भएको छ।
- वडाको सिफारिस वा अस्पतालको सिफारिसको आधारमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म यातायात खर्च उपलब्ध गराइनेछ।
- आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर सरकारले यो सुविधा ल्याएको हो।
सुर्खेत । ‘जसको कोही हुँदैन, उसका लागि सरकार छ’ भन्ने नारालाई कर्णाली प्रदेश सरकारले सार्थक बनाउने प्रयास गरेको छ । विकट भूगोल र आर्थिक विपन्नताका कारण उपचारका लागि अस्पताल पुग्न वा उपचारपछि घर फर्कन नसक्ने नागरिकका लागि सरकारले सहारा दिने भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अबदेखि बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने घोषणा गरेको हो ।
यसका लागि सम्बन्धित वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावले अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस गरेको हुनुपर्ने सर्त छ । यस्तो सिफारिससहित मन्त्रालयमा निवेदन गरेबमोजिम भौगोलिक दुरीको आधारमा ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म यातायात खर्च उपलब्ध गराइने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
आर्थिक अभावले अस्पतालको यात्रा तय गर्न नसक्ने वा उपचारपछि घर फर्कने पैसा नभएर अलपत्र पर्नेहरूको पीडालाई सरकारले सम्बोधन गरेको मन्त्री भण्डारीको भनाइ छ ।
‘आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने, ‘यो सुविधाले दुर्गमका गरिब जनतालाई ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
उपचारका क्रममा मृत्यु भई आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्ने नागरिकका लागि शववाहन बापतको रकम पनि मन्त्रालयले व्यहोर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण