कैलाली कारागार घटनाबारे समिति बैठकमा के भने गृहमन्त्रीले ?
सारांश
- गृहमन्त्री रमेश लेखकले कैलाली कारागार घटनाको छानबिन गर्न समिति बनाएका छन्।
- कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको र ४८ जना घाइते भएका छन्।
- घटनाको छानबिनपछि दोषीमाथि कानुनी कारबाही हुने र अहिले कारागारको स्थिति सामान्य रहेको बताइएको छ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानबिन गर्न समिति बनाइएको बताए । बुधवार कानुन, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको बताए । छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानुनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरू कार्यहरू गर्ने गरी समिति बनाइएको बताए । समितिले आफ्नो अवधिभित्र प्रतिवेदन दिने बताए । कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको बताए ।
अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौँ ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए । बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको उनले बताए । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको लेखकले बताए ।
मृतक बन्दीको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताए । कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेको बताए ।
साउन २२ गते राति दुई वटा ब्लक छुट्टाउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरूलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको बताए । कारागरामा बन्दीहरूको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरूको नेतृत्वकर्ताहरू १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरूको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरूलाई सम्झाउने लगायतका कार्य भएको बताए ।
गृहमन्त्री लेखकले कारागारको अहिलेको स्थिति सामान्य रहेको र अहिले कुनै समस्या नरहेको बताए । कारागारमा सुरक्षाकर्मी र प्रशासनको सहज पहुँच रहेको बताए । आगामी दिनमा दुःखद घटना हुन नदिने कुराको सुरक्षाबाट प्रत्याभूत गरिएको बताए ।
आवश्यकताअनुसार सुरक्षाकर्मीको उपस्थिति रहेको लेखकले बताए । बन्दीका परिवारसँग भेट गराई बन्दीको अहिलेको स्थितिबारे परिवारलाई जानकारी गराइएको पनि बताए । घटनाका बारेमा छानबिन गर्न छानबिन समिति गठन गरिएको र छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानुनी कारबाही हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण