शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली समाज पितृ सत्तासोचबाट मुक्त हुन सकेको छैन : सांसद नेपाल

बुधबार, २८ साउन २०८२, १२ : ५९
बुधबार, २८ साउन २०८२

सारांश

  • सांसद अमृता नेपालले नेपाली समाज पितृसत्ता सोचबाट मुक्त हुन नसकेको बताइन्।
  • उनले महिला अधिकारका विषय व्यवहारिक कार्यान्वयन हुन नसकेको र बहुविवाह सम्बन्धी कानुन संशोधनको मस्यौदाप्रति आपत्ति जनाइन्।
  • सांसद नेपालले सरकारले ल्याउन लागेको बहुविवाह सम्बन्धी संशोधन मस्यौदा खारेजको माग गरिन्।

हेटौँडा । बागमती प्रदेशसभा सदस्य अमृता नेपालले नेपाली समाज पितृ सत्ता सोचबाट मुक्त हुन नसकेको बताएकी छन् । उनले संविधानमा महिला अधिकारका विषय उल्लेखित भएपनि व्यवहारिक कार्यान्वयन हुन नसकेको बताइन् ।

बागमती प्रदेशसभाको बुधबार बसेको बैठकको विशेष समयमा सम्बाधेन गर्दै माओवादी केन्द्रकी सांसद नेपालले संविधानमा भएका महिला अधिकारका विषयहरू कार्यान्वयनमा अहिले चुनौतीको रूपमा रहेको बताइन् ।

नेपाल सरकारले बहुविवाह सम्बन्धी कानुन संशोधन गर्न मस्यौदा तयार गरेको विषयले गमिभर बनाएको उनको भनाई छ । आधा धर्ती ढाकेका महिलाहरूलाई चिन्तित बनाउने गरी घरमा पत्नी हुँदाहुँदै कारण सहितको अर्को पनि विवाह गर्न पाउने कानुनको मस्यौदा तयार पार्नु आफैँमा प्रतिगमनकारी कार्य भएको उनको ठहर छ ।

उक्त कानुन नेपालको संविधान २०७२ को प्रस्तावना, मौलिक हक र सबै प्रकारको भेदभाव उन्मूलन महासन्धि पूर्व राष्ट्रको विरुद्ध रहेको उनले बताइन् । मुलुकी अपराध संहिता २०६८ लागू भएको २०७५ भदौ १ गते देखी पूर्णतः निषेध रहेको बहुविवाहलाई छुट दिने गरी सरकारले सो कानुन कुनै महिलाहरूका लागी स्वीकार्य नहुने सांसद नेपालको भनाई छ ।

उनले नेपाल सरकारको कानुन मन्त्रालयले ल्याउन लागेको बहुविवाह सम्बन्धी संशोधन मस्यौदा खारेजको माग राखिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप