हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सस्यमा नियुक्त भएका छन् ।
उनलाई नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासङ्घको तर्फबाट सेबोन सदस्यका रूपमा मनोनयनका लागि पठाएका थिए ।
नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरूप ढकाल बुधबार सेबोनको सदस्यमा नियुक्त भएका हुन् ।
ऐनमा नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधि नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने छन् ।
सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबिचको सहकार्यलाई सुदृढ बनाउने आफ्नो प्राथमिकतामा रहने बताए ।
उनले बोर्डको सदयका हैसियतले पूँजीबजारको विकासका लागि आफू प्रयत्नशील रहने बताए । यस्तै, सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफूले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए ।
केही समय अघि महासङ्घका बोर्डको सञ्चालकबाट गोकर्ण अवस्थीले राजीनामा दिएका थिए । निजी क्षेत्रको प्रतिनिधिको रूपमा बोर्डको सञ्चालकमा नियुक्त भएका अवस्थीले राजीनामा दिएसँगै सदस्य पद रिक्त रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण