एमाले बागमतीमा विद्याबारे पार्टी निर्णय पुनर्विचार गर्न सुझाव
सारांश
- नेकपा एमाले बागमती प्रदेश कमिटीले विधान मस्यौदामा सुझाव संकलन गरिरहेको छ।
- कतिपयले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यतामा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन्।
- एमालेले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गर्दैछ।
काठमाडौँ । पार्टीले विधान मस्यौदामाथि मागेको सुझाव अनुसार नेकपा एमाले बागमती प्रदेश कमिटीले मातहतका निकायसँग धमाधम सुझाव सङ्कलन गरिरहेको छ । त्यसैक्रममा प्रदेश कमिटीले बुधवार प्रदेशभित्रका पालिका इन्चार्जसँग सुझाव मागेको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले जानकारी दिए ।
यसअघि सचिवालयसँग छलफल गरेको प्रदेशले बिहीबार जनसङ्गठनका इन्चार्जसँग सुझाव लिने तयारी रहेको अध्यक्ष ढुङ्गेलको भनाइ छ । ‘समग्रमा पार्टीलाई मिलाएर लानुपर्छ भन्ने सुझाव र धारणाहरू आएका छन्’, ढुङ्गेलले भने– ‘विधिसम्मत पार्टी चल्नुपर्छ र पार्टीका फैसलाहरू मान्नुपर्छ भन्ने नै छ ।’
कतिपय सुझावकर्ताहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नभएको भन्ने पार्टीको निर्णयमा पुनर्विचार गर्नुपर्ने धारणा समेत राखेको बताइएको छ ।
‘पार्टीलाई बलियो र सशक्त बनाउने अनि मिसन ८४ पुरा गर्ने हो भने पूर्व राष्ट्रपति भण्डारीलाई समेत विश्वासमा लिनुपर्ने आवश्यकता छ भन्ने एंगलबाट पनि सुझाव आएका छन्’, एक जना पालिका इन्चार्जले भने– ‘स्वभाविक रूपमा उहाँको सदस्यतामा विवाद गर्ने होइन, कायम गरेर जानुपर्छ ।’
नेकपा एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने भन्दै उनको सदस्यता कायम नभएको निर्णय गरेको थियो ।
नेकपा एमालेले भदौ १० गतेभित्र विधान मस्यौदामाथि सुझाव पठाउन मातहतलाई सर्कुलर जारी गरेको थियो । भदौ २० देखि २२ गतेसम्म एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । जसअन्तर्गत विधानका केही व्यवस्था परिवर्तन गर्ने मस्यौदा तयार पारेर एमालेले तल्ला कमिटीहरूबाट सुझाव मागेको हो । ती सुझावलाई समेत समेटेर विधान महाधिवेशनले विधान पारित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण