देशमा जनआक्रोश व्यापक छ, जनता जुनसुकै समयमा विद्रोहमा उत्रिन सक्छन् : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रष्ट रवैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनसुकै समयमा जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका छन् ।
जसपा नेपाल सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ–ग्रहण तथा पदभार कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सरकारको भ्रष्ट र नस्लीय चरित्रले अक्रान्त भैसकेका जनताले यो सरकारको विकल्प खोजिरहेको बताएका हुन् ।
देशमा भ्रष्टाचार, कुशासन एवम् विभेद चरम सिमामा पुगिसको आरोप लगाउँदै अध्यक्ष यादवले भने– ‘वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरी तानाशाह बन्न खोजेको छ, जनतामा सरकारप्रति व्यापक निराशा र आक्रोश छ, त्यसैले कुनै पनि बेला विद्रोह हुनसक्छ ।’
संसारमै अविकसित एवम् पछाडि परेको तथा वैदेशिक ऋण लिने राष्ट्रको सूचीमा रहेको आरोप लगाउँदै उनले देश उल्टो गतितर्फ ओरालो लागेको बताए । लोकतन्त्रमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियसभा मात्र ६ जना मधेसको प्रतिनिधित्व रहेको चर्चा गरे ।
परिवर्तनका लागि सङ्घर्ष आवश्यक रहेकोले अध्यक्ष यादवले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पार्टी निर्माण, मजबुत र सङ्गठन सदृढिकरण गर्न तथा सामाजिक न्याय र अधिकारका लागि काम गर्न निर्देशन दिए । विकास, समानता र अधिकारका लागि लडाई सँगसँगै लड्नका लागि पार्टीलाई सङ्गठित बनाउनु पर्नेमा जोड दिँदै उनले भने ‘वडा, टोल, बस्तीहरूमा सभा, बैठक गरी जागरूकता बढाउनु जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण