बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सरुवा

एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

बुधबार, २८ साउन २०८२, २० : ०८
बुधबार, २८ साउन २०८२

काठमाडाैँ । सरकारले एकैपटक ७२ जना सहसचिवको सरुवा गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साेमबार उक्त संख्यामा सहसचिवहरूको सरुवा गरको हो । 

मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।

यो सरुवामार्फत विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर भएको छ ।

प्रमुख महानगरपालिकाहरूमा नयाँ नेतृत्व

निर्णयअनुसार, देशका दुई महत्त्वपूर्ण महानगरपालिकाहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन्। लोक सेवा आयोगमा कार्यरत मुक्ति राम अर्याललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव योगेन्द्र प्रसाद दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको छ ।

प्रदेश सचिवहरूको व्यापक हेरफेर

सरुवाले प्रदेश तहको प्रशासनिक नेतृत्वमा पनि उल्लेख्य परिवर्तन गरेको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।

यसैगरी, विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूलाई मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश सचिवका रूपमा पठाइएको छ ।

महत्त्वपूर्ण मन्त्रालय र निकायमा सरुवा

गृह, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूमा पनि नयाँ  सहसचिवहरूले जिम्मेवारी पाएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत सहसचिवहरूको सरुवा भएको छ ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप