गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या २२७ पुग्यो: संयुक्त राष्ट्रसङ्घ
सारांश
- गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको छ।
- अक्टोबरदेखि हालसम्म कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुगेको छ, जसमा १०३ बालबालिका छन्।
- संयुक्त राष्ट्रसंघले गाजामा मानवीय सहायता पुर्याउन इजरायली अवरोधबारे चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्ला २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन् । यससँगै गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणसम्बन्धी मृत्यु हुनेको सङ्ख्या २२७ पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ताले जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले दैनिक पत्रकार सम्मेलनमा बताएअनुसार, मृत्यु हुनेमध्ये १०३ जना बालबालिका रहेका छन् । विश्व खाद्य कार्यक्रम (वर्ल्ड फुड प्रोग्राम) ले गाजामा अहिलेको अवस्थालाई सङ्घर्ष सुरु भए यताकै सबैभन्दा गम्भीर भोकमरी र कुपोषणको अवस्था भनेको छ ।
उनले भने,“यस परिस्थितिमा समेत गाजामा पुग्ने मानवीय सहायता न्यूनतम आवश्यकताभन्दा धेरै कम छ । मानवीय सहायता ढुवानीमा धेरै ढिलाइ र अवरोधहरू भइरहेका छन्, जसले आवश्यक परिमाणमा सहायता पुर्याउन संयुक्त राष्ट्रसङ्घलाई बाधा पुर्याइरहेको छ ।”
सोमबार, संयुक्त राष्ट्रसङ्घले इजरायली अधिकारीहरूसँग समन्वयका लागि १६ वटा सहायता अभियान प्रस्ताव गरेको थियो, जसमा खाना, औषधोपचार सामग्री र इन्धन सङ्कलन जस्ता कार्यहरू समावेश थिए । तीमध्ये केवल चार वटा मात्र सहज रूपमा सम्पन्न हुन सक्यो, तीन वटा अस्वीकार गरिए र चार वटा केही अवरोधपछि मात्र सफलतापूर्वक सम्पन्न भए ।
दुजारिकले भने, “इजरायली पक्षबाट पूर्वस्वीकृति प्राप्त गर्न धेरै समय लाग्ने भएकाले मानवीय सहायता समन्वयको प्रयासमा बहुमूल्य समय खेर जाने अवस्था छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण