मधेसका मुख्यमन्त्रीसँग भारतीय जल शक्ति मन्त्रालय टोलीको भेट, भू–जल अवस्थामाथि अनुसन्धान गर्ने
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्रीसँग भारतीय जल शक्ति मन्त्रालयका विज्ञ टोलीले भेटघाट गरेको छ।
- टोलीले भूगर्भीय पानीको अवस्था मूल्यांकन र पानी अभाव समाधानका उपायबारे सुझाव दिने योजना बनाएको छ।
- मुख्यमन्त्री सिंहले टोलीको अनुसन्धानले पानी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्रीसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको टोलीले आज भेटघाट गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहसँग बिहीबार भारतीय जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले टोलीले बिहान भेटघाट गरेको हो।
प्रतिनिधिमण्डलले प्रदेशको भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरूबारे सुझाव दिने योजना प्रस्तुत गरेको जनाइएको छ।
टोलीले आगामी दिनमा मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर भू–जल सम्बन्धी आवश्यक अनुसन्धान गर्ने जनाएको छ। भारतीय टोलीमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञ आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रशान्त राय सहभागी थिए।
मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण