अन्तरकलेज बास्केटबल भोलिदेखि
सारांश
- अवाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सीले आयोजना गरेको बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुनेछ।
- प्रतियोगितामा ११ टिमको सहभागिता रहनेछ, जसलाई दुई समूहमा विभाजन गरिएको छ।
- विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउनेछन्।
काठमाडौँ । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक अबाइडका प्रबन्ध निर्देशक मनीषमान श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा ग्रिनफिल्ड नेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज, मल्पी इन्स्टिच्युट, गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ र कान्जिरोवा रहेका छन् । टाइम्स इन्टरनेसनल कलेज, प्रिमियर कलेज, बर्नहार्ट, पुष्पसदन, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र गोल्डेनगेट ‘बी’ मसूह ‘बी’ मा छन् ।
विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने अबाइडका प्रमुख कार्यकारी अधिकृत आशिषमान श्रेष्ठले जानकारी दिए । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा हुने प्रतियोगिताका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
आठदिने प्रतियोगिताका खेलहरु सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण