सीमाबाट ‘प्रोपोगान्डा’ लाउडस्पिकर नहटाएको उत्तर कोरियाको दाबी
सारांश
- उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले दक्षिण कोरियाको अनुरोध अस्वीकार गर्दै लाउडस्पिकर नहटाउने बताइन्।
- उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार नगर्ने र भविष्यमा संविधानमै यो अडान राख्ने कुरा जनाइन्।
- दक्षिण कोरियाले सीमामा लाउडस्पिकरमा पप गीत बजाउने गरेको र उत्तर कोरियाले जनावरको आवाज बजाउने गरेको आरोप छ।
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले सीमामा राखिएका केही ‘प्रोपोगान्डा’ लाउडस्पिकर हटाइदिन दक्षिण कोरियाले गरेको अनुरोध मानेको भन्ने अफवाह अस्वीकार गरेकी छिन् । उत्तर कोरियाले कहिले पनि ती स्पीकर नहटाएको अनि कहिले पनि यस्तो नगर्ने पनि किम जोङ उनले बताइन् । केसीएनएले बिहिबार जारी गरेको विज्ञप्तिमा उनले यस्तो भनेकी हुन् ।
‘हामीले कयौं अवसरमा स्पष्ट पारिसकेका छौँ कि हामीले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने छैनौँ ।’ उनले भनेकी छिन् । भविष्यमा यो अडानलाई आफ्नो संविधानमै राख्ने पनि उनले बताइन् । दक्षिण कोरिया केही दिन अघि सीमामा राखेका केही लाउडस्पिकर फुटाएको थियो । यसको प्रतिक्रियामा यो हप्ताको सुरुमा उत्तर कोरियाले सीमामा रहेका केही लाउडस्पिकर हटाएको खबर आएको थियो ।
दक्षिण कोरियाको दाबी निराधार भएको उनको भनाइ छ । दक्षिण कोरियाले सीमामा प्रोपोगान्डा फैलाउने सन्देशहरू लाउडस्पिकरमा बजाउने बाहेक पनि ठुल–ठुलो स्वरमा के पप पनि बजाउने गरेको छ ।
उत्तर कोरियाले पनि यसको जवाफमा जनावरहरू कराएको आवाजलाई ठुलो स्वरमा सीमामा बजाइदिने गरेको छ । मध्यरातमा दुई देशले एक अर्काको ठाउँबाट बजाउने यी लाउडस्पिकरका कारण सीमामा बस्ने दक्षिण कोरियालीहरूले निकै समस्या भोग्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण