३५ दिनमा सकियो ‘मिरमिरे’को छायाङ्कन
सारांश
- यम शेर्पा निर्देशित फिल्म 'मिरमिरे'को छायाङ्कन सकिएको छ ।
- फिल्म काभ्रे र मकवानपुरको चित्लाङमा खिचिएको हो ।
- फिल्ममा दयाहाङ राई, प्रकाश सपूत लगायत कलाकारको अभिनय रहेको छ ।
काठमाडौँ । यम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’को छायाङ्कन सकिएको छ । एक गीतको छायाङ्कन बाँकी राख्दै निर्माण युनिटले फिल्मको छायाङ्कन सकाएको हो ।
३५ दिनको नियमित छायाङ्कन भएको फिल्म काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङ खिचिएको छ । अहिले मौसम ठिक नभएकोले अनुकूल समय मिलाएर बाँकी गतिको छायाङ्कन गर्ने निर्देशक शेर्पाले बताए ।
आगामी माघ १ गतेलाई रिलिज मिति तोकिएको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु , माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा र बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ ।
आलोक शुक्लाको छायाङ्कन रहेको फिल्मका निमु शेर्पा, छोङ्बा लामा शेर्पा, आङ्छिरिङ शेर्पा निर्माता, गोविन्द बोहरा, सुदिप कुँवर सह निर्माता हुन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मस्का वितरक रोहित कट्टेल हुन् । फिल्मको वितरण आरआर फिल्मले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण