ट्रम्प–पुटिन भेटघाटअघि बेलायती प्रधानमन्त्री स्टार्मरलाई भेट्दैछन् जेलेन्स्की
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री स्टार्मरलाई भेट्ने भएका छन्।
- ट्रम्प-पुटिन भेटवार्ता अघि युरोपेली माग सुनुवाइको लागि यो भेटघाट महत्त्वपूर्ण हुनेछ।
- युक्रेनले रुसी नियन्त्रण स्वीकार नगर्ने अडान लिएको छ, उसले क्रिमिया लगायत आफ्नो भूभाग फिर्ता चाहन्छ।
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतको प्रधानमन्त्री किम स्टार्मरलाई भेट्ने भएका छन् । यो भेटघाट बिहीबार बिहान स्थानीय समअनुसार डाउनस्ट्रिटमा हुन लागेको हो ।
युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा डोनाल्ड ट्रम्पले पुटिनलाई भेट्नु अघि यूरोपेली मागको सुनवाइ होस् भन्नेतर्फ यो अन्तिम दबाब हुनेछ । अलस्कामा हुन लागेको ट्रम्प–पुटिन भेटवार्तामा जेलेन्स्की र यूरोपका अन्य नेताहरू सहभागी हुने छैनन् ।
यस्तोमा यूरोपको अडान सम्बोधन होस् भनेर बुधबार जेलेन्स्की र यूरोपका अन्य नेताहरूले ट्रम्पसँग अनलाइनमा कुराकानी पनि गरेका थिए । युक्रेनको क्षेत्रीय अखण्डता संरक्षित गरिनु पर्ने अनि अन्तर्राष्ट्रिय सीमा पनि बलजफ्ती फेर्नु नहुने स्टार्मर समेत सबै यूरोपेली नेताहरूले भनिरहेका छन् ।
युद्ध विराम गराउन दुवै देश राम्रोका लागि केही भूभाग साट्न पर्ने हुन सक्ने चेतावनी गएको हप्ता ट्रम्पले दिएका थिए । तर युक्रेनले भने क्रिमिया लगायत आफ्नो जफ्त भएको भूभागमा रुसी नियन्त्रण स्वीकार नगर्नेमा जाड दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण