सामाजिक सञ्जाल विधेयकप्रति कांग्रेसको स्पष्ट विमति छः महामन्त्री शर्मा
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको विमति रहेको बताए।
- उनले व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानुनी प्रावधानको विरोध गर्ने बताए।
- शर्माले इन्टेलिजेन्ससम्बन्धी विधेयकको सम्भावित दुरुपयोगप्रति चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानुनी प्रावधानको आफ्नो पार्टीले विरोध गर्ने उनको भनाइ छ ।
शर्माले इन्टेलिजेन्ससम्बन्धी प्रस्तावित विधेयकप्रति पनि चिन्ता व्यक्त गरे । उनले दुई व्यक्तिबिचको टेलिफोन वार्ता समेत सुन्नसक्ने खालको कानुन आउन लागेको भन्दै त्यसको सम्भावित दुरुपयोगप्रति गम्भीर प्रश्न उठाए । उनले प्रविधि र सञ्चारको माध्यमबाट समाजमा आशा र सकारात्मकता फैलाउनुपर्ने धारणा राखे ।
उनले सरकार रहँदा समेत सरकारले गर्ने हरेक गलत कामको संसद् र सांसदबाहिरबाट विरोध गर्ने समेत बताए । चुनाव जित्नेगरी मात्र नभई समाजमा फैलाइएको भ्रमलाई चिरेर जाने कुरा प्राथमिकतामा रहनुपर्ने उनको भनाइ छ ।
उनले सूचना र प्रविधिको बढ्दो दुरुपयोग रोक्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण