संसद् बैठक
६० हजार टन युरिया मल कलकत्ता बन्दरगाहमा रोकियो
बिहीबार, २९ साउन २०८२, १४ : २२
सारांश
- कृषिमन्त्रीका अनुसार भारतको कलकत्ता बन्दरगाहमा तीन वटा जहाज होल्डमा छन्, जसले गर्दा युरिया मल नेपाल भित्रिन सकेको छैन।
- बन्दरगाहमा देखिएको जाम हटाउन पहल भइरहेको छ र सहजीकरणका लागि अनुरोध गरिएको छ।
- मन्त्री अधिकारीले किसानले माग गरेअनुसार मल पुर्याउन नसकिएको स्वीकार गर्दै ढिलासुस्तीका कारण समस्या बढेको बताए।
काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले हाल लोड भइसकेका तीन वटा जहाज भारतको कलकत्ता बन्दरगाहमा होल्ड अवस्थामा रहेको बताएका छन्। जसका कारण खरिद गरिएको ६० हजार टन युरिया मल नेपाल भित्रिन नसकेको उनले जानकारी दिए।
उनका अनुसार पोर्टमा देखिएको जाम हटाउन पहल भइरहेको छ भने कलकत्तास्थित बन्दरगाहबाट सहजीकरणका लागि समेत अनुरोध गरिएको छ। उनले किसानले माग गरेअनुसार आवश्यक मात्रामा मल पुर्याउन नसकिएको तथ्य स्वीकार गर्दै ढिलासुस्तीका कारण समस्या बढेको बताए।
अधिकारीले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो जानकारी दिएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण