माथिल्लो तामाकोशीले जलाशय सफा गर्दै, नदी किनारमा उच्च सतर्कता
सारांश
- माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले साउन ३१ गते जलाशय सफा गर्ने भएको छ।
- जलाशय सफाइका कारण नदीको बहावमा उतारचढाव आउने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
- दोलखाको विगुमा रहेको आयोजनाले बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशय सफा गर्नेछ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना, माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले साउन ३१ गते शनिबार आफ्नो जलाशय सफा गर्ने भएको छ। आयोजनाले आज एक सार्वजनिक सूचना जारी गर्दै जलाशय सफाइका कारण नदीको बहावमा अस्वाभाविक उतारचढाव आउने भएकाले तामाकोशी नदी किनारमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
दोलखाको विगु गाउँपालिका वडा नं.१ मा अवस्थित ४५६ मेगावाट क्षमताको यस आयोजनाले श्रावण ३१ गते शनिबार बिहान ५ः०० बजेदेखि राति ८ः०० बजेसम्म जलाशय सफा गर्ने कार्यक्रम तय गरेको हो ।
सूचनाअनुसार, उक्त अवधिमा तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रदेखि सुनकोशी नदीको दोभानसम्म पानीको सतह घटबढ भइरहनेछ । यसबाट प्रभावित हुन सक्ने क्षेत्रहरूमा लामाबगर, छतछत, गोंगर, जगत, टुनीटार, जामुने, भोर्लें, सिंगटी, नयाँ पुल, किर्नेटार र खिम्तीसम्मका नदी तट पर्दछन् ।
आयोजनाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सो समयमा नदीमा माछा मार्ने नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने तथा गाडी तार्ने जस्ता कुनै पनि जोखिमपूर्ण कार्य नगर्न र नगराउन सर्वसाधारणमा अनुरोध गरेको छ।
साथै, नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार वा अन्य धार्मिक संस्कारका कार्यहरू पनि अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ गर्न आयोजनाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण