कारागार सुधारका लागि सरकारले चालेका कदम पर्याप्त छैनन् : सांसद साउद
सारांश
- सांसद एनपी साउदले देशभरका कारागारको अवस्था सुधार गर्न जरुरी रहेको बताए ।
- उनले कारागार व्यवस्थापनका लागि सरकारले ल्याएका कार्यक्रम प्रभावकारी नभएको बताए ।
- साउदले कारागारलाई दण्डको थलो मात्र नभई सुधार र पुनर्स्थापनाको केन्द्रको रूपमा हेर्नुपर्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद एनपी साउदले देशभरका कारागारहरूको अवस्था सुधार गर्न जरुरी रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद साउदले नेपाल सरकारले कारागार व्यवस्थापनका लागि केही सुधारात्मक कार्यक्रम ल्याएको भए पनि प्रभावकारी नदेखिएको बताएका हुन् ।
उनले कारागारलाई दण्डको थलो मात्र नभई सुधार र पुनर्स्थापनाको केन्द्रको रूपमा हेर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई अङ्गीकार गर्नुपर्ने धारणा राखे । उनले भने, ‘नेपाल सरकारले केही सुधारात्मक कार्यक्रम ल्याए पनि ती प्रभावकारी देखिएका छैनन् । अन्तर्राष्ट्रिय अभ्यासमा कारागारलाई दण्डको मात्र थलो नभई सुधार र पुनर्स्थापनको केन्द्रको रूपमा हेर्ने प्रचलन छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालयको मापदण्डअनुसार तथा अन्तर्राष्ट्रिय न्यायालयले कैदीबन्दीलाई यातनारहित वातावरण, न्यायोचित व्यवहार, स्वास्थ्य, शिक्षा र पुनर्स्थापनको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल यीमध्ये धेरै सन्धिहरूको पक्ष राष्ट्र भएकोले कानुनी रूपमा प्रतिबद्ध र बाध्य छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण