प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, ५ सदस्यीय छानबिन समिति गठन
सारांश
- जनकपुर अस्पतालमा बच्चा जन्माएकी एक सुत्केरीको मृत्यु भएको छ।
- परिवारका अनुसार चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप छ।
- अस्पतालले श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको दाबी गरेको छ, र छानबिन समिति गठन गरिएको छ।
जनकपुर । जनकपुरस्थित प्रादेशिक अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ । अप्रेसनबाट बच्चा जन्माएकी सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर–१ सनचिरैया निवासी अर्चना कुमार मण्डलको बुधवार राति मृत्यु भएको हो ।
करारमा नियुक्त चिकित्सकको लापरबाहीका कारण बच्चा जन्मेको ३ घण्टामै आमा मण्डलको मृत्यु भएको परिवारजनको आरोप छ।
मृतक मण्डलका श्रीमान् दीपेन्द्र मण्डलले अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको गुनासो गरे । उनले भने, ‘बच्चा जन्मिने समय पूरा भएर बढी भइसकेपछि हामीले अस्पताल भर्ना ग¥यौं, त्यसपछि चिकित्सकको सुझाव अनुसार अप्रेसन गरायौँ । अप्रेसन गर्दा छोरी पनि जन्मियो, तर त्यसको केही घण्टामै श्रीमती गुमाउनु प¥यो ।’
तर प्रादेशिक अस्पताल जनकपुरले भने चिकित्सकको लापरबाहीले नभई श्वासप्रश्वास समस्याका कारण महिलाको ज्यान गएको दाबी गरेको छ ।
प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट जामुन सिंहले महिलाको श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको बताए ।
यसैबीच पीडित पक्षको मागअनुसार जनकपुर प्रहरीको सक्रियतामा छानबिन समिति गठन गरिएको छ । परिवारजनले पोस्टमार्टम गर्न नमानेपछि प्रहरीले प्रादेशिक अस्पतालका मेसु सिंहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको हो । छानबिन टोलीमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, मृतक परिवारका तर्फबाट २ जना प्रतिनिधि र एक विज्ञ राख्ने सहमति भएको प्रादेशिक अस्पताल जनकपुरका मेसु सिंहले बताए ।
यससँगै अहिले मृतक महिलाको पोस्टमार्टमको कार्य अगाडि बढाइएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण