बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धरहराको टपरी म:मलाई २ लाख जरिवाना

बिहीबार, २९ साउन २०८२, १६ : १८
बिहीबार, २९ साउन २०८२

सारांश

  • सुन्धारास्थित धरहरा टपरी म:मलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
  • म:ममा धातुको औँठी फेला परेको र खाद्य गुणस्तर मापदण्डअनुरूप नभएकोले कारबाही गरिएको हो।
  • महानगरले ७ दिनभित्र जरिवाना तिर्न र स्वच्छता कायम गर्न निर्देशन दिएको छ।

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा टपरी म:मलाई २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । 

नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको म:ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको काठमाडौँ महानगरले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताए । 

महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई  निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप