स्मार्ट च्वाइस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ।
कार्यक्रममा संचालक समितिका अध्यक्ष, सदस्यहरू, सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले विगतमा हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी दिए। उनले विशेषगरी कार्ड सेवा (SCT–UnionPay कार्ड, VISA कार्ड, NepalPay कार्ड), मोबाइल बैंकिङ सेवा, अन्तरबैंक भुक्तानी सेवा, क्युआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवा सम्बन्धी उपलब्धि र रणनीति प्रस्तुत गरे।
कार्यक्रममा चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अली मियाले हालै सार्वजनिक गरिएका दुई नयाँ सेवा — Smart QR Soundbox र SCT Hub — को प्रत्यक्ष प्रदर्शन गरे।
Smart QR Soundbox मार्फत मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानी विवरण विभिन्न भाषामा प्रत्यक्ष सुन्न सक्ने सुविधा पाउनेछन्। यसलाई वमईफाई वा सिमकार्डमार्फत नेटवर्कसँग जडान गर्न सकिनेछ र भुक्तानी हुनेबित्तिकै खातामा जम्मा भएको रकमको जानकारी तुरुन्त प्राप्त हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण