बजेटका उद्देश्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरू पूरा गर्ने गरी काममा लाग्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । उनले चालु आर्थिक वर्षको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व सङ्कलन लगायतका लक्ष्यहरू पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिए ।
औषत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए । उनले समस्यहरुमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरे ।
निजी क्षेत्रको मनोबल बढाउन अध्यादेश, नीति तथा कार्यक्रमहरूले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरू ठिक भए पनि निजी र सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन जरुरी रहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर कम भएका बेला अर्थतन्त्रलाई अझ बढी चलायमान बनाउन निश्चित क्षेत्रमा सरकारले नै ‘विग पुस’ गर्नुपर्नेमा जोड दिए ।
अर्थ सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजाहरू आइसकेका हुनाले आत्मसमीक्षा गरी काममा केन्द्रित हुनु पर्ने बताए । राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरू कार्यान्वयनमा अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्यहरू पूरा हुन सक्ने बताए । उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औँल्याए ।
अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए ।
बैठकका सहभागीहरूले कार्यक्रम कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र चुनौतीहरूलाई तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण