ट्रम्प र पुटिनकाे भेटघाट अघि नै एक अर्कामाथि आक्रमण गरिरहेछन् रुस र युक्रेन
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन अलास्कामा रुस-युक्रेन युद्धविरामबारे छलफल गर्न भेट्ने कार्यक्रम छ।
- युक्रेनी सेनाले रुसको समारा क्षेत्रमा रहेको तेल रिफाइनरीमा आक्रमण गरेको जनाएको छ, जसले रुसी सेनालाई इन्धन आपूर्ति गर्छ।
- युक्रेनको सुमी सहरमा रुसी आक्रमण हुँदा एक व्यक्ति घाइते भएका छन्, र पेट्रोल पम्पमा आगलागी भएको बताइएको छ।
किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार अलास्कामा रुस–युक्रेन युद्धविरामको बारेमा छलफल गर्न भेट्ने कार्यक्रम छ । दुई नेताहरूको यो भेटघाटअघि नै रुस र युक्रेनले एक अर्कालाई आक्रमण जारी राखेका छन् ।
आफ्ना विशेष सेनाहरूले रातभर रुसमा धेरै आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । सेनाले रुसको समारा क्षेत्रमा रहेको सिज्रान तेल रिफाइनरीमाथि आक्रमण गरेको टेलिग्राममा जारी विज्ञप्तिमा बताइएको छ ।
युक्रेनी सेनाका अनुसार यो रिफाइनरीले रुसी सेनालाई विभिन्न प्रकारका इन्धन आपूर्ति गर्छ । यसैबिच, युक्रेनी आपत्कालीन सेवाहरूले पनि बिहान युक्रेनको उत्तर–पूर्वी सहर सुमीमा रुसले आक्रमण गरेको बताएको छ ।
यस क्रममा पेट्रोल पम्पमा आगलागी भएको भनिएको छ । यस आक्रमणमा एक व्यक्ति घाइते भएको खबर आएको छ । डोनाल्ड ट्रम्पले बिहीबार फक्स न्युज रेडियोसँगको कुराकानीमा पुटिनसँगको आफ्नो भेटघाट राम्रो भयो भने युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई फोन गर्ने अनि दोस्रो चरणको बैठकको व्यवस्था गर्ने बताएका थिए ।
सबै कुरा ठिक भयो भने जेलेन्स्की अगाडिको थप वार्ताको लागि तयार छन् त भन्ने प्रश्नमा यसबारे आफूले कुनै अनुमान नलगाउने ट्रम्पले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण