बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘अब म केही फोनहरू गर्न थाल्छु, के भयो भनेर उनीहरूलाई भन्छु’

शनिबार, ३१ साउन २०८२, ०७ : ०५
शनिबार, ३१ साउन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा वार्ता भए पनि सम्झौता हुन बाँकी छ।
  • ट्रम्पले नेटोका अधिकारी र युक्रेनका राष्ट्रपतिलाई फोन गर्ने बताए र वार्तालाई 'उत्पादक' भने।
  • दुवै नेताले संयुक्त पत्रकार सम्मेलनमा प्रश्न नलिने निर्णय गरे र छोटो सम्बोधन गरे।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एङ्करेजमा सम्पन्न द्विपक्षीय वार्तामा ‘केही हदसम्म प्रगति’ र ‘महत्वपूर्ण उपलब्धि’ भएको बताए पनि, सम्झौता टुङ्गिन अझै बाँकी रहेको स्पष्ट पारे।

वार्तापछि ट्रम्पले भने, ‘केही समयमै म नेटोका अधिकारीहरूलाई फोन गर्नेछु। म आवश्यक ठानेका व्यक्तिहरूलाई सम्पर्क गर्नेछु। र, निश्चित रूपमा, म राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीलाई फोन गरेर आजको भेटबारे जानकारी दिनेछु। अन्ततः निर्णय उनीहरूकै हातमा छ।’

ट्रम्पका अनुसार वार्ता ‘अत्यन्तै उत्पादक’ रह्यो र ’धेरै बुँदामा सहमति’ भए पनि ठोस सम्झौतामा पुग्न नसकिएको हो। उनले भने, ‘हामी अझै त्यहाँ पुगेका छैनौं, तर पुग्ने धेरै राम्रो सम्भावना छ।’

ट्रम्पले युक्रेनले पनि अमेरिकी विदेश मन्त्री मार्को रुबियो, विशेष दूत स्टिभ विटकफ र आफ्नो प्रशासनका अन्य सदस्यहरूले पुटिनसँग गरेको छलफलमा सहमत हुनुपर्ने उल्लेख गरे, तर सम्भावित सम्झौताको खाका भने सार्वजनिक गरेनन्।

संयुक्त पत्रकार सम्मेलनमा दुवैले प्रश्न नलिने निर्णय गरेका थिए। पुटिनले करिब आठ मिनेट सम्बोधन गरे भने ट्रम्पले चार मिनेटमा आफ्नो वक्तव्य सकाए। ट्रम्पले अन्त्यमा भने, ‘अब म केही फोनहरू गर्न थाल्छु र के भयो भनेर उनीहरूलाई भन्छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप